४४ बर्षपछि जलाउन थालियो बेवारिसे शव

सनाखत नभएक बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो । आजको नयाँ पत्रिकामा यो खबर छ ।

विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ । बर्षौैपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ ।

सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । यो अवस्थामा गाडेको ठाउँबाट निकालेर शवको अस्थिरपञ्जर दिने गरिन्छ । तर, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले गाड्ने जग्गाकै अभाव भएपछि शव जलाउन सुरु गरेको हो ।

४४ बर्षदेखि विभागअगडिको खाली १० आना जग्गामा खातमाथि खात लगाएर बेवारिसे शव गाडिँदै आएको थियो तर, अब उक्त जग्गामा पनि भवन बन्न लागेको र सरकारले गाड्ने नयाँ जग्गा पनि व्यवस्थापन नगरिदिएकाले पछिल्लो केही महिनायता फ्रिजमा राखिएका शव जलाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021