प्रदूषणले फोक्सो र मुटुमा कस्तो असर गर्छ ?

(जेठ ३०, काठमाडौँ) । फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा पनि प्रदूषणले असर पार्छ । हामीले श्वास फेर्दा हावामा भएको हानिकारक तत्व फोक्सोसम्म पुग्छ र त्यसले गम्भीर समस्या निम्त्याउँछ ।

  • लामो समयसम्म प्रदूषणमा रहनेहरुलाई फोक्सोको संक्रमण, क्यान्सरजस्ता श्वासप्रश्वाससम्बन्धी कयौं खालका रोग लाग्ने खतरा हुन्छ ।
  • वायु प्रदूषणबाट फोक्सोका साथै मुटुमा पनि प्रभाव पर्छ । प्रदूषित वातावरणमा लामो समय बिताउनेहरुको मुटु कमजोर हुन्छ ।
  • धूमपानबाट पनि फोक्सोलाई सबैभन्दा बढी हानी पुग्छ । बढी धूमपान गर्नेलाई फोक्सोको क्यान्सर र श्वासप्रश्वासजन्य समस्याको खतरा बढी हुन्छ ।

प्रदूषणबाट कसोरी  बच्ने ?

  • मुखमा मास्क लगाएर हिड्ने गर्नु पर्दछ ।
  • सडक क्षेत्रको घर छ भने झ्यालढोका बन्द गर्ने या एयर प्युरिफायरको प्रयोग गर्नुपर्छ ।
  •  घर नजिक कारखाना या रासायनिक उद्योग छ भने हावाको सम्पर्कमा कम आउनुपर्छ ।

प्रदूषणबाट दम, दीर्घ खोकी, फोक्सोको क्यान्सर, ब्रोङकाइटिस, टाउको दुख्ने, मुटुको धड्कन असामान्य हुने र हृदयाघातका रोगीको संख्या तीब्र रुपमा बढिरहको डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।