विपदपछि बैदेशिक रोजगार तथा मानव वेचविखनमा महिला हिंसा र यौन शोषण बढ्यो : MAG

विपदपछि बैदेशिक रोजगार तथा मानव वेचविखनमा महिला हिंसा र यौन शोषण बढ्यो : MAG

(माघ २५, ललितपुर) । नेपालमा गएको महाभुकम्पले प्रभावित भएको अधिकाशं जिल्लामा बैदेशिक रोजगार तथा मानव वेचविखनमा महिला, वालवालिकमा हिंसा तथा यौन शोषण अत्याधिक बढेको Media Advocacy Group (MAG) ले जनाएको छ ।

आज ललितपुरमा Media Advocacy Group (MAG) र UN Women ले संयुक्त रुपमा आयोजना गरेको ‘विपदपछिको असुरक्षित वैदेशिक रोजगारी र मानव वेचविखन न्युनिकरणमा सूचनाको हकको प्रयोग विषयक’ ‘सुचना अधिकारी तथा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम’मा MAG का अध्यक्ष बविता वस्नेतले हुनेखाने तथा पहुँचवालाले मात्र विपद परिस्थितीमा पाउनुपर्ने सेवा सुविधाहरु पाउने जो वास्तविक पिडित नभईएको हुने तर वास्तविक पिडितले भने कुनै पनि किसिमको सेवा सुविधाहरु नपाउने गरेको बताएकी छिन् । नेपालमा गएको महाभुकम्पका कारण देशमा ठूलो क्षती पुगेको र त्यसमा सर्वसाधारण जनता खुल्ला आकाशमुनी वस्न बाध्य भएको बताएकी छिन् । भुकम्प प्रभावित जिल्लामा पछिल्लो समय मानव वेचविखन अत्यधिक मात्रामा हुने गरेको र त्यसको लागि सूचनाको हकलाई सुरक्षित गर्नको निम्ती आफ्नो संस्थाले सिन्धुपाल्चोक लगायतका तीन जिल्लाहरुमा ६ सय महिलालाई सूचनाको हक सम्बन्धी तालिमहरु संचालन गरेको समेत वताएकि छिन् ।

अध्यक्ष वस्नेतले भनिन् विभिन्न प्रलोभनमा महिलाहरुलाई ललाई फकाई बैदेशिक रोजगारीको नाममा हिंसा तथा यौन शोषण हुने गरेको बताएकि छिन् । बैदेशिक रोजगारीको सिलसिलामा महिलाहरु आफै सचेत भई काम गर्न समेत आग्रह गरेकी छिन् ।

कार्यक्रममा महिला तथा वालवालिका समाज मन्त्रालयका सुचना अधिकारी डोरेन्द्र निरौलाले पौसा लिएर आफ्ना वुवा आमाले नै वालवालिकालाई वालगृह तथा विभिन्न किसिमका श्रम तथा यौन शोषण हुने काममा लगाउने गरेको र त्यसलाई न्युनिकरण गर्नको निम्ती विभिन्न स्थानमा चेकपोष्टहरु निमार्ण गरिएकोले अवका दिनमा यस्ता अनैतिक किसिमका कार्यहरु क्रमश रुपमा न्युनिकरण हुने बताएका छन् ।

त्यस्तै प्रशासकिय अदालतका प्रमुख माननिय काशीराज दाहालले संघिय संरचना अुनसार जनप्रतिनिधिहरुलाई आफ्नो स्थानीय ठाउँको सत्य तथ्य जानकारी हुने भएकाले पीडितलाई संरक्षण गर्नु, उद्धारलाई प्राथमिकता दिनु, राहत तथा पुर्नस्थापना गर्नु जस्ता महत्वपूर्ण कार्यहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

त्यस्तै वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले वैदेशिक रोजगारमा भएको ठगी, महिला हिंसा तथा यौन हिंसाका मुद्धामा प्रहरी र वैदेशिक रोजगार विभागको विचमा समन्वय गरी कार्य गरेमा कानुन तथा ऐन वाधक नहुने बताएका छन् । अधिकारीले भने नेपालमा श्रम स्वीकृति लिर वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क रहेको तर वैदेशिक रोजगारीको नाममा विभिन्न वहानामा विदेशमा काम गर्ने नेपालीहरुको तथ्याङ्क नभएकोले समस्या परेकाहरुलाई पहिचान गर्न कठिनाई हुने गरेको समेत बताएका छन् ।

सूचना आयुक्त यशोदा तिम्सीनाले भनिन् ‘गराई, भनाई, सुनाई फरक फरक भएर वास्तविक कार्य हुन नसकेको हो ।’ उनले भनिन् सूचनाको हकमा व्यक्तिगत स्वार्थका कारण वास्तविक सूचनाहरु लुक्ने गरेकोले सम्पूर्ण सूचनाका हकदारहरुलाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठी कार्य गर्नलाई आग्रह गरेकी छिन् ।

कार्यक्रममा अधिवक्ता नविन श्रेष्ठले विपद्पछि वैदेशिक रोजगारको नाममा बढेको मानव वेचविखन लगायत यसको जालो रूपमा रहेको समस्याबारे कार्यपत्र प्रस्तुतगरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारको क्षेत्रमा हालसम्म गरिरहेको कामका बारेमा तथा समस्याको बारेमा उल्लेख गरेका थिए । उनले यस क्षेत्रको समस्याका लागि भने विभाग र प्रहरी प्रसाशनकाबीच समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

Share on Facebook169Share on Google+0Tweet about this on Twitter0Email this to someone

One Comment on “विपदपछि बैदेशिक रोजगार तथा मानव वेचविखनमा महिला हिंसा र यौन शोषण बढ्यो : MAG”

Comments are closed.